केआईआईटीबाट लखेटिएका नेपाली विद्यार्थी फर्काउन भारतीय प्रहरी पुग्यो मध्यरात ट्रेन स्टेसन

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी)बाट लखेटिएका नेपाली विद्यार्थीलाई फर्काउन भारतीय प्रहरी लागिपरेको छ । आफूहरूमाथि ज्यादती गरिएको भन्दै घर फर्कन लागेका नेपाली विद्यार्थीलाई फेरि कलेज फर्काउन भारतीय प्रहरी ट्रेन स्टेसनसम्म पुगेको सार्वजनिक भएका भिडिओहरूमा देख्न सकिन्छ । सो कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि तनाव सुरु भएको थियो । […]

Feb 18, 2025 - 05:09
 0
केआईआईटीबाट लखेटिएका नेपाली विद्यार्थी फर्काउन भारतीय प्रहरी पुग्यो मध्यरात ट्रेन स्टेसन

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी)बाट लखेटिएका नेपाली विद्यार्थीलाई फर्काउन भारतीय प्रहरी लागिपरेको छ ।

आफूहरूमाथि ज्यादती गरिएको भन्दै घर फर्कन लागेका नेपाली विद्यार्थीलाई फेरि कलेज फर्काउन भारतीय प्रहरी ट्रेन स्टेसनसम्म पुगेको सार्वजनिक भएका भिडिओहरूमा देख्न सकिन्छ ।

सो कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि तनाव सुरु भएको थियो ।

घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनरत नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको आरोप छ । दिल्लीस्थित नेपाली दूतावासको पहलपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्काउन सहमति भएको जनाइएको छ ।

यसैबीच नेपाली विद्यार्थीहरूले न्याय सुनिश्चित गरिनुपर्ने, घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनु पर्नेलगायत आठ बुँदे माग राखेको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register