युक्रेनी ड्रोन हमलाले मस्को वरपरका उडान अवरुद्ध

मस्को । युक्रेनको आक्रमणपछि बिहीबार रुसको राजधानी मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको छ । सहरलाई लक्षित गरी बुधबार रातभर ३५ वटा युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ । ‘हवाई रक्षा प्रणालीले एक सय पाँच युक्रेनी ड्रोन रोकेर नष्ट गर्यो । तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए,’ मन्त्रालयले एक विज्ञप्तिमा भनिएको छ । मस्कोका मेयर […]

May 22, 2025 - 13:20
 0
युक्रेनी ड्रोन हमलाले मस्को वरपरका उडान अवरुद्ध

मस्को । युक्रेनको आक्रमणपछि बिहीबार रुसको राजधानी मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको छ । सहरलाई लक्षित गरी बुधबार रातभर ३५ वटा युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ ।

‘हवाई रक्षा प्रणालीले एक सय पाँच युक्रेनी ड्रोन रोकेर नष्ट गर्यो । तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए,’ मन्त्रालयले एक विज्ञप्तिमा भनिएको छ । मस्कोका मेयर सर्गेइ सोब्यानिनले टेलिग्राम पोस्टमा थपेको छ, ‘आपत्कालीन सेवा विशेषज्ञहरू खसेको भग्नावशेष भएको ठाउँमा काम गरिरहेका छन् ।’

मेयरका अनुसार सहरतर्फ २७ वटा ड्रोन प्रहार गरिएको एक दिनपछि र रुसले सप्ताहन्तमा युक्रेनविरुद्ध रेकर्ड सङ्ख्यामा ड्रोन तैनाथ गरेपछि आक्रमण भएको हो । तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले लगभग दैनिक आधारमा एक अर्काविरुद्ध ड्रोन तैनाथ गरेका छन्, तर मस्कोलाई विरलै लक्षित गरिएको छ ।

बिहीबार मस्कोका धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरण रोसाभियत्सियाले जनाएको छ ।

विमानहरू अस्थायी रूपमा सहरको मुख्य शेरेमेत्येवो विमानस्थलका साथै अन्य विमानस्थलमा ग्राउन्डेड गरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार किभ र पश्चिमको बिनाशर्त र तत्काल युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन् ।

रुसले अहिले क्रिमिया प्रायद्वीपसहित युक्रेनको करिब पाँच भाग नियन्त्रणमा लिएको छ । क्रिमियालाई उसले सन् २०१४ मा कब्जा गरेको थियो । यो लडाइँले दशौँ हजारको ज्यान लिएको छ, लाखौँलाई आफ्नो घर छोड्न बाध्य पारेको छ र युक्रेनको पूर्व र दक्षिणका सहर र गाउँहरू ध्वस्त पारेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register