नागरिक पहिलो अभियानले ललितपुरमा ‘नागरिक डबली’ सुरु गर्दै

काठमाडौं । नागरिक पहिलो अभियानले स्थानीय तहमा गैरदलीय चुनावबारे नागरिकलाई सचेत बनाउन भोलि बुधबारदेखि ललितपुरका विभिन्न स्थानमा कोणसभा र नागरिक डबली सुरु गर्ने भएको छ ।  अभियानले जनाएअनुसार समाज र अर्थ व्यवस्थाको ‘भ्रष्ट दलीयकरण’बाट देशलाई जोगाउने एक मात्रै समाधान ‘स्थानीय तहमा गैरदलीय निर्वाचन भएकाले यसबारे नागरिकलाई सुसूचित गराउन ललितपुर जिल्लाभरि कोणसभा र नागरिक डबली सञ्चालन गर्न लागिएको हो ।  अभियानका प्रवक्ता […]

Feb 18, 2025 - 10:39
 0
नागरिक पहिलो अभियानले ललितपुरमा ‘नागरिक डबली’ सुरु गर्दै

काठमाडौं । नागरिक पहिलो अभियानले स्थानीय तहमा गैरदलीय चुनावबारे नागरिकलाई सचेत बनाउन भोलि बुधबारदेखि ललितपुरका विभिन्न स्थानमा कोणसभा र नागरिक डबली सुरु गर्ने भएको छ । 

अभियानले जनाएअनुसार समाज र अर्थ व्यवस्थाको ‘भ्रष्ट दलीयकरण’बाट देशलाई जोगाउने एक मात्रै समाधान ‘स्थानीय तहमा गैरदलीय निर्वाचन भएकाले यसबारे नागरिकलाई सुसूचित गराउन ललितपुर जिल्लाभरि कोणसभा र नागरिक डबली सञ्चालन गर्न लागिएको हो । 

अभियानका प्रवक्ता प्रशान्त सिंहले अभियानमा आआफ्नो ठाउँबाट सहयोग/समर्थन गर्न आह्वान गरेका छन् । 

नागरिक पहिलो अभियानले राज्यका अङ्ग र समाजका शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा लगायतसँग सम्बन्धित सङ्घ संस्थालाई स्वतन्त्रतापूर्वक आफ्नो काम गर्न दिनु पर्ने र त्यसका लागि संवैधानिक र कानुनी सुधार गरेर स्थानीय तहमा गैरदलीय चुनाव गर्नुपर्ने माग गर्दै आएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register