श्रीलंकाको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । श्रीलंकाको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क ‘एएसपीआइ’ र ‘एसएन्डपी एसएल २०’ दुबै इन्डेक्स हालसम्मकै उच्च बिन्दुमा पुगेका हुन् । एएसपीआइ सूचक इन्ट्रा डे हाई १७ हजार ३२२ बिन्दुसम्म पुगेको थियो भने एसएन्डपी सूचक ५ हजार १७७ बिन्दुको हाईमा पुगेको थियो । तर, बजार बन्द […]

Feb 18, 2025 - 10:42
 0
श्रीलंकाको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । श्रीलंकाको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क ‘एएसपीआइ’ र ‘एसएन्डपी एसएल २०’ दुबै इन्डेक्स हालसम्मकै उच्च बिन्दुमा पुगेका हुन् ।

एएसपीआइ सूचक इन्ट्रा डे हाई १७ हजार ३२२ बिन्दुसम्म पुगेको थियो भने एसएन्डपी सूचक ५ हजार १७७ बिन्दुको हाईमा पुगेको थियो ।

तर, बजार बन्द हुँदा एएसपीआइ सूचक ३७.७४ अंकले बढेर १७१९३.७९ बिन्दुमा पुगेको छ । त्यस्तै, एसएन्डपी सूचक ३०.१८ अंकले बढेर ५१३६.५८ बिन्दुमा पुगेको छ ।

राजनीतिक स्थिरता, आर्थिक सुधार, विदेशी लगानीको प्रवाह, वित्तीय क्षेत्रको मजबुतीकरण र प्रविधिगत सुधारका कारण श्रीलंकाको सेयर बजारमा बढोत्तरी देखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register