मनीषा कोइराला एचपीभी खोप अभियानको सद्भावनादूत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनीषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी उनलाई सद्भावनादूत घोषणा गरेको हो । कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट […]

Jan 29, 2025 - 11:36
 0
मनीषा कोइराला एचपीभी खोप अभियानको सद्भावनादूत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनीषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ ।

मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी उनलाई सद्भावनादूत घोषणा गरेको हो ।

कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गरे ।

खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उनले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गरे ।

सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपीभी खोप लगाइँदैछ ।

एचपीभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register