प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – रैतीबाट आफूलाई जनताको दर्जामा पुर्‍याएको दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबूकमार्फत उनले सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन् । ‘फागुन ७ गते । आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा रैतीबाट आफूलाई जनताको दर्जामा पुर्‍याएको दिन हो, उनले नेपालको नक्सासँगै […]

Feb 19, 2025 - 05:10
 0
प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – रैतीबाट आफूलाई जनताको दर्जामा पुर्‍याएको दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज (बुधबार) सामाजिक सञ्जाल फेसबूकमार्फत उनले सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

‘फागुन ७ गते । आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा रैतीबाट आफूलाई जनताको दर्जामा पुर्‍याएको दिन हो, उनले नेपालको नक्सासँगै नेपालको राष्ट्रिय झण्डा ‘पोष्ट’ गर्दै लेखेका छन्, ‘जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान !’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register