हामीलाई मृत्युको नजिक पुर्‍याइरहेका यी खाद्यपदार्थ !

काठमाडौं । स्ट्रीट फूड विश्वभर नै प्रसिद्ध छ । अत्यधिक जङ्क वा स्ट्रीट फूड खाँदा पेट दुख्ने, ग्यास्ट्रिक समस्या, वाकवाकी, टाउको दुख्ने, रिङ्गटा लाग्ने, पखालाजस्ता स्वास्थ्य समस्या हुन्छ । ‘विश्व स्वास्थ्य सङ्गठन’ले केही विशेष खाना र पेय पदार्थहरूको बारेमा विशेष चेतावनी दिएको छ, जसलाई हामी दैनिक प्रयोग गर्छौँ । किनकि यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर […]

Feb 19, 2025 - 09:37
 0
हामीलाई मृत्युको नजिक पुर्‍याइरहेका यी खाद्यपदार्थ !

काठमाडौं । स्ट्रीट फूड विश्वभर नै प्रसिद्ध छ । अत्यधिक जङ्क वा स्ट्रीट फूड खाँदा पेट दुख्ने, ग्यास्ट्रिक समस्या, वाकवाकी, टाउको दुख्ने, रिङ्गटा लाग्ने, पखालाजस्ता स्वास्थ्य समस्या हुन्छ ।

‘विश्व स्वास्थ्य सङ्गठन’ले केही विशेष खाना र पेय पदार्थहरूको बारेमा विशेष चेतावनी दिएको छ, जसलाई हामी दैनिक प्रयोग गर्छौँ । किनकि यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ । मदिरा मात्र होइन धेरै खाद्य पदार्थहरूले हाम्रो शरीरमा नकारात्मक असर गर्छ ।

ह्वाइट ब्रेड

प्रायः व्यक्तिहरू ह्वाइट ब्रेड बिहान वा बेलुकीको चियाको नास्ताको रूपमा खान्छन् । ह्वाइट ब्रेडमा कुनै डाइट फाइबर हुँदैन । यसमा पोषक तत्त्वहरूको पनि कमी हुन्छ । यसले तपाईंको रगतमा चिनीको मात्रा छिटो बढाउँछ ।

रेडी–टु–इट ब्रेकफास्ट अन्न

अन्नलाई सामान्यतया बिहानको नास्ताको लागि स्वस्थ विकल्पको रूपमा लिइन्छ । यसमा गहुँ, जौ, चामल र मकै जस्ता प्रशोधित अन्नहरू हुन्छन् । यसमा फाइबरको कमी हुन्छ । यसमा स्वाद बढाउन कृत्रिम गुलियोपन पनि हुन्छ । यसमा अस्वस्थकर चिनी मात्र होइन आधारभूत पोषक तत्त्वहरूको पनि कमी हुन्छ ।

तारेको खाना

सबैभन्दा अस्वस्थकर खाद्य पदार्थहरू मध्ये एक तारेको खाना हो । यो सबैभन्दा व्यापक रूपमा उपलब्ध जङ्क फूड पनि हो । यो आजको समयमा सबैभन्दा बढी खाइने खाद्य पदार्थ पनि हो । यी केही पुराना रोगहरू, हृदय सम्बन्धी रोगहरू, टाइप २ मधुमेह, उच्च रक्तचाप, क्यान्सर र शरीरको तौल बढ्ने जोखिम बढाउने गर्छ ।

बेकरी उत्पादन

बेकरी उत्पादन निःसन्देह स्वादिष्ट हुन्छन् तर अस्वस्थकर पनि हुन्छ । यसमा क्यान्डी, कुकीज, केक र पेस्ट्री जस्ता चीजहरू समावेश छन् ।

धेरैजसो बेकरी उत्पादनहरू रिफाइन्ड पिठो, रिफाइन्ड चिनी र फ्याट्सको प्रयोग गरेर तयार गरिन्छ । यसले उत्पादनमा फाइबर कम र चिनी बढी हुन्छ । यसले शरीरको तौल बढ्ने, कम्मर दुख्ने, कोलेस्ट्रोलको स्तर कम हुने, डिप्रेसन, उच्च रक्तचाप, मुटु रोग र स्ट्रोकको जोखिम बढ्ने जस्ता केही स्वास्थ्य समस्या हुनसक्छ ।

पिज्जा

बालबालिका र वयस्कबीच सबैभन्दा बढी मन पराइने जङ्क फूड मध्ये एक हो, पिज्जा । यसले तपाईंको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यस्तो हुनुको कारण यी बेकन, पेपरोनी, हट डग र रिफाइन्ड पिठो सहित प्रशोधित मासुको प्रयोग गरेर बनाइन्छ । यसले क्यान्सरको जोखिम बढाउन सक्छ ।

फ्रेन्च फ्राइज र आलुको चिप्स

तरकारीको रूपमा आलुमा धेरै पोषक तत्त्व हुन्छ, तर जब यिनलाई लामो समयसम्म तारिन्छ, बेक गरिन्छ वा भुटिन्छ, यसले एक्रिलामाइड यौगिकहरू बनाउन सक्छ, जसले क्यान्सर निम्त्याउँछ । यी उच्च रक्तचाप र टाइप २ मधुमेहको कारण पनि बन्छ ।

प्रशोधित मासु

ससेज, ह्याम र डब्बाबन्द मासु जस्ता प्रशोधित मासुलाई सामान्यतया तिनीहरूको स्वाद र शेल्फ लाइफ बढाउन प्रशोधन गरिन्छ । यद्यपि यी प्रशोधित मासुलाई समूह १ कार्सिनोजेनको रूपमा वर्गीकृत गरिन्छ किनभने तिनीहरूमा क्यान्सर उत्प्रेरित गर्ने क्षमता हुन्छ ।

ग्लुटेन–मुक्त खान

आजकल ग्लुटेन–मुक्त आहार फेशनमा छ । यद्यपि सबैलाई ग्लुटेन–मुक्त आहारको पालना गर्न आवश्यक छैन । यसले पोषक तत्त्वहरूको स्थान लिन्छ र फाइबरको सेवनलाई कम गर्छ ।

आइसक्रिम र फ्रोजन योगर्ट

फ्रोजन योगर्ट र आइसक्रिममा सामान्यतया क्यालोरीको मात्रा बढी हुन्छ । यसमा रिफाइन्ड चिनी र एडिटिभ्स हुन्छन् । यी अतिरिक्त चिनीको सेवनले तौल बढ्ने, दाँतमा किरा लाग्ने, मुटु रोग, फ्याटी लिभर र टाइप २ मधुमेह जस्ता स्वास्थ्य समस्याहरू हुन सक्छन् ।

कम कार्ब भएको रिफाइन्ड खाना

कुकीज र चेडर चीज क्रिस्प जस्ता खाद्य पदार्थहरू कम कार्ब भएका, अल्ट्रा–प्रशोधित खाद्य पदार्थ हुन् । केही अध्ययनहरूले कम कार्ब भएको आहारले तपाईंको इन्सुलिनको स्तर, मुटु सम्बन्धी समस्याहरू र तौल नियन्त्रण गर्न मद्दत गर्छ भन्ने देखाउँछन् ।

बटर चिकेन

बटर चिकेन एकदमै बोसोयुक्त परिकार हो । यसले तपाईंको क्यालोरी, बोसो र कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register