चलचित्रमा अनावश्यक सेन्सरप्रति रास्वपाको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले सरकारले चलचित्रमा अनावश्यक सेन्सर गरेको भन्दै संसद्मा विरोध गरेका छन् । प्रदर्शनमा आएका चलचित्र लाज शरणम् र राजागंजमा अनावश्यक सेन्सर भएको भन्दै उनले आपत्ति जनाएका हुन् । चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति हुँदा कलालाई समेत राजनीतिक दृष्टिकोणबाट हेरेर अनावश्यक सेन्सरको काम भइरहेको उनले बताए । अनावश्यक सेन्सरप्रति […]

Mar 16, 2025 - 06:17
 0
चलचित्रमा अनावश्यक सेन्सरप्रति रास्वपाको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले सरकारले चलचित्रमा अनावश्यक सेन्सर गरेको भन्दै संसद्मा विरोध गरेका छन् ।

प्रदर्शनमा आएका चलचित्र लाज शरणम् र राजागंजमा अनावश्यक सेन्सर भएको भन्दै उनले आपत्ति जनाएका हुन् । चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति हुँदा कलालाई समेत राजनीतिक दृष्टिकोणबाट हेरेर अनावश्यक सेन्सरको काम भइरहेको उनले बताए ।

अनावश्यक सेन्सरप्रति व्यङ्ग्य गर्दै उनले भने,’सरकारलाई राजा भन्ने शब्द सुन्ने बित्तिकै डर लाग्छ की के हो चलचित्र राजागंजमा सेन्सर भएको छ । एमालेका अध्यक्ष केपी ओलीले संविधानसभाबाट बाहिरिएकाहरूलाई झरेको आँप भन्नुभएको थियो । त्यही संवाद चलचित्रमा राखिँदा सेन्सर भयो । अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउँदै सेन्सरको कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला ।’

चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति बन्द गर्न उनले माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register