किट विश्वविद्यालय : सामन्तको कालो साम्राज्य, चार वर्षमा चार विद्यार्थीले गुमाए ज्यान

विश्वविद्यालयका संस्थापक बीजु जनता दल (बिजेडी)का पूर्व सांसद अच्युत सामन्त हुन् । प्रयोगशाला सहायकबाट आफ्नो करियर सुरुवात गरेर शिक्षा व्यापारका टाइकुन बनेका अच्युतले सरकारी कोषको व्यापक दुरुपयोग गर्दै छोटो समयमै राज्यको राजधानीमा साम्राज्य खडा गरेका छन् ।

Feb 19, 2025 - 11:13
 0
किट विश्वविद्यालय : सामन्तको कालो साम्राज्य, चार वर्षमा चार विद्यार्थीले गुमाए ज्यान

काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको प्रशासनदेखि लिएर होस्टेललगायत सम्बन्धित पक्षप्रति चर्को असन्तुष्टि बढेको छ ।

४ फागुनमा कलेजको होस्टलमा लम्साल मृत भेटिएकी थिइन् । कथित पूर्वप्रेमी २१ वर्षीय अध्विक श्रीवास्तवको लगातार दुर्व्यहारका कारण लम्सालले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीवास्तवलाई पक्राउ गरिसकेको छ ।

घटनामा पक्राउ परेका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई भने अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

प्रकृतिका बुवा सुनिल लम्सालले “अब कसैलाई यस्तो नहोस्” भन्दै न्याय माग गरेका छन् ।

चार वर्षमा चार विद्यार्थीले गुमाए ज्यान

विश्वविद्यालयमा विद्यार्थीले ज्यान गुमाएको यो पहिलो घटना भने होइन ।  सन् २०२१ देखि २०२५ सम्म यो विश्वविद्यालयमा चार विद्यार्थीले ज्यान गुमाएको ओडिसा टीभीले जनाएको छ । चार वर्षमा कसैको भवनको छतबाट खसेर त कसैले झुण्डिएर ज्यान गुमाएका छन् ।

१५ मार्च २०२१ मा सुरज चौरसिया नामका विद्यार्थीको मृत्यु भएको थियो । उनी होस्टेलमा मृत फेला परेका थिए । मध्य प्रदेश घर भएका १९ वर्षीय बीटेकका विद्यार्थी चौरसिया डिप्रेसनमा रहेको बताइएको थियो ।

सन् २०२१ नोभेम्बर ७ मा अनन्या शर्मा नामकी छात्राको विश्वविद्यालयमै दुर्घटनामा मृत्यु भएको थियो । २० वर्षीया अनन्या कम्प्युटर साइन्समा बीटेक गर्दै थिइन् ।

१६ नोभेम्बर २०२२ मा केआईटी कलेज फेरि रगतले लतपतियो । त्यसदिन ठीक ११ बजे छात्रावास भवनको पाँचौं तलाबाट बीटेक प्रथम वर्षका एक विद्यार्थीले हाम फालेर ज्यान गुमाए । उनको नाम सुरज कुमार थियो र उनको घर बिहारको मुजफ्फरपुरमा थियो । कम्प्यूटर साइन्स र इन्जिनियरिङमा बीटेक गरेर आमाबुवाको सपना पूरा गर्ने सोचेका थिए । तर, एकै क्षणमा उनको परिवारको लागि सबै कुरा समाप्त भयो।

यी सबै घटनाको निष्पक्ष छानबिन हुन सकेन । अदालतमा मुद्दा चलाएपनि त्यसको सुनुवाइ अहिलेसम्म हुन नसकेको ओडिसा टीभीले जनाएको छ । र, फेब्रुअरी १६, २०२५ मा छात्रावासको कोठा नम्बर ४ ए–१२५ मा एक बीटेक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रकृति झुण्डिएको अवस्थामा फेला परिन् ।

रुपन्देही घर भएकी उनको न्यायका लागि चर्को आवाज उठिरहेको छ । ओडिसा टीभीकाअनुसार यसअघि मृत्यु भएका तीन विद्यार्थीको बारेमा छानबिन नभएपनि अहिले प्रकृतिको मृत्युपछि दबाब बढ्दै गएको छ ।

संस्थापकको कालो साम्राज्य

किट विश्वविद्यालयका संस्थापक बिजु जनता दल (बिजेडी)का पूर्व सांसद अच्युत सामन्त हुन् ।

प्रयोगशाला सहायकबाट आफ्नो करियर सुरुवात गरेर शिक्षा व्यापारका टाइकुन बनेका अच्युतले सरकारी कोषको व्यापक दुरुपयोग गर्दै छोटो समयमै राज्यको राजधानीमा आफ्नो साम्राज्य खडा गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अच्युतमाथि जग्गा हडप्ने गरेको धेरै आरोप छ । तर, आरोपको छानबिन भने टुङ्गो लाग्न सकेको छैन । उनले यी सबै जग्गा आफ्नो संस्थाको नाममा ल्याउन शक्तिको दुरुपयोग गरेको ओडिसा टीभीको रिपोर्टमा उल्लेख छ ।

आम जनताको विरोधले उनलाई त्यति फरक पार्दैन । किनभने अच्युतले सबै राजनीतिक र प्रशासनिक शक्तिहरू गैरकानूनी रूपमा प्रयोग गरिरहेका छन् ।

बीजेडीको सरकार हुँदा उनको पूर्ण शक्ति थियो । त्यति मात्र होइन, उनी आफ्नो र आफ्नो संस्थाको बारेमा झूट फैलाउन पनि माहिर थिए ।

उनले आफ्नो संस्थाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरेर मनग्य आम्दानी गर्दथे । उनले विभिन्न देशका भीआईपी र भीभीआईपीलाई पाहुनाका रूपमा बोलाएर प्रचार गर्ने गरेका छन् । यी सबै गैरकानुनी गतिविधिबाट उनले राजनीतिक संरक्षण प्राप्त गर्दथे ।

तर, नेपाली विद्यार्थीको मृत्युको घटनाले किटका सबै गल्ती उजागर गरेको छ । सो विश्वविद्यायलको विश्वभर निन्दा भइरहेको छ ।

भाजपा विधायक बाबु सिंहले जग्गा विवाददेखि सुरु गरेर सबै घटनाको छानबिन हुनुपर्ने बताएका छन् । अच्युतलाई गिरफ्तार गरेर उच्चस्तरीय छानबिन गर्नुपर्ने उनको माग छ ।

साथै, कलेजमा नेपाली विद्यार्थीलाई भएको अमानवीय कुटपिटमा बीजेडीले बोल्न नसकेकोले सबैलाई चकित बनाएको छ । यो विषयलाई संसद्‌मा उठाउनुको सट्टा पार्टीले शान्ति सुरक्षाको कुरा गरेर टार्न थालेको छ ।

प्रकृतिका बुवा भन्छन् : मेरी छोरी त गइहाली, अब कसैलाई यस्तो नहोस्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register