चारआली म्युजिक फेस्टको तयारी पूरा, आठ हजार दर्शकलाई मनोरञ्जन दिइने

झापा, ७ फागुन । झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा हुन लागेको चारआली म्युजिक फेस्ट २०२५ को तयारी पूरा भएको छ । बज्र इभेन्टको आयोजनामा फागुन ९ गते चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो खेल मैदानमा हुने लागेको चारआली म्युजिक फेस्टको तयारी पूरा भएको हो । कार्यक्रमस्थलयमा आज पत्रकार सम्मेलनको आयोजना गरी बज्र इभेन्टले तयारी [...] The post चारआली म्युजिक फेस्टको तयारी पूरा, आठ हजार दर्शकलाई मनोरञ्जन दिइने appeared first on Jhapa Online.

Feb 19, 2025 - 11:14
 0
चारआली म्युजिक फेस्टको तयारी पूरा, आठ हजार दर्शकलाई मनोरञ्जन दिइने

झापा, ७ फागुन । झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा हुन लागेको चारआली म्युजिक फेस्ट २०२५ को तयारी पूरा भएको छ ।

बज्र इभेन्टको आयोजनामा फागुन ९ गते चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो खेल मैदानमा हुने लागेको चारआली म्युजिक फेस्टको तयारी पूरा भएको हो । कार्यक्रमस्थलयमा आज पत्रकार सम्मेलनको आयोजना गरी बज्र इभेन्टले तयारी पूरा भएको जनाएको हो । चारआली म्युजिक फेस्टका फोकल पर्सन मनिष आयोजक कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको बतानउनुभयो ।

उक्त सांगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्सको प्रस्तुति रहनेछ । ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् ।झापाको बिर्तामोड, धुलाबारी, चारआली, चन्द्रगढी लगायतका स्थानबाट टिकट धमाधम बिक्री भइरहेको आयोजकले जनाएको छ । करिब आठ हजार दर्शकलाई मनोरञ्जन दिने लक्ष्य रहेकोमा हालसम्म अनलाइन र टिकट बिक्री केन्द्रबाट तीन हजार आठ सय टिकट बिक्री भइसकेको जनाइएको छ । टिकट दर विभिन्न चार तहमा पाँच सय, एक हजार, तीन हजार ५०० र २५ हजार रुपैयाँ रहेको छ ।

सुरक्षा व्यवस्था मजबुद बनाउन ५० स्थानमा सीसी क्यामेरा, एक सय जना सेक्युरिटी गार्ड र एक सय ५० जना स्वयम् सेवक परिचालन हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बज्र इभेन्टका अध्यक्ष फूर्वा लामा, सिईओ आकाश तामाङ, लागुऔषधविरुद्धका अभियन्ता सञ्जिव थापा, बसन्त लिम्बू लगायतले कार्यक्रमका विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

The post चारआली म्युजिक फेस्टको तयारी पूरा, आठ हजार दर्शकलाई मनोरञ्जन दिइने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register