प्रधानमन्त्री ओली आज पोखरा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) पोखरा जाँदैछन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा भाग लिन आज बिहान ११ बजे प्रधानमन्त्री ओली पोखरा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । दीक्षान्त समारोह पोखरा महानगरपालिका – ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) पोखरा जाँदैछन् ।
पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा भाग लिन आज बिहान ११ बजे प्रधानमन्त्री ओली पोखरा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
दीक्षान्त समारोह पोखरा महानगरपालिका – ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ ।
समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पोखरा विश्वविद्यालयका कुलपतिको हैसियतमा समारोहमा भाग लिनेछन् । समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम पनि छ ।
What's Your Reaction?






