गभर्नरबाट बिदा हुँदै अधिकारीले भने – सरकारको प्रहारबाट राष्ट्र बैंकको स्वायत्तता जोगाएँ

काठमाडौं । पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन् । अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धी र सामना गरेका चुनौतीहरू सुनाए । २०७६ साल चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको गुनासो सुनाए । पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण भए […]

Apr 4, 2025 - 09:40
 0
गभर्नरबाट बिदा हुँदै अधिकारीले भने –  सरकारको प्रहारबाट राष्ट्र बैंकको स्वायत्तता जोगाएँ

काठमाडौं । पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन् । अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धी र सामना गरेका चुनौतीहरू सुनाए ।

२०७६ साल चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको गुनासो सुनाए । पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि सफल भएको उनको निष्कर्ष थियो । स्वायत्ततालाई जोगाउन सहयोगमा अधिकारीले सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्तालाई धन्यवाद समेत दिए ।

अधिकारीले सरकारबाटै राष्ट्र बैंकको स्वायत्ततामा प्रहार भएको र त्यसलाई बचाउन सर्वोच्च अदालतको भूमिका रहेको भन्दै प्रशंसा गरे । आफ्नो कार्यकालमा  केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको उनको दाबी थियो ।

त्यस्तै अधिकारीले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोरोना महामारी, रुस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा ठूला चुनौति आइपरे पनि चुनौतीलाई सक्दो समाधानको पहल गरेको जिकिर गरे ।

अधिकारीले आफ्नो कार्यकालमा वैदेशिक पूँजी लगानीको लागि बैंकबाट लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको जानकारी दिए । उनले वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले दोहोरो स्वीकृतिलाई हटाइएको जानकारी दिए ।

‘वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले वैदेशिक पूँजी लगानीको लागि केन्द्रीय बैंकबाट समेत लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको छ । साथै, वैदेशिक ऋण सम्बन्धमा स्पष्ट, पारदर्शी र अनुमानयोग्य व्यवस्थाहरू गरिएको छ । सबै नेपालीहरुले अत्यावश्यक प्रयोजनको लागि यूएस डलर पाँच सयसम्मको कार्ड सुविधा लिने सटही सुविधा मिलाइएको छ,’ उनले भने ।

‘मुलुकभित्र गैरकानूनी धन आर्जनलाई शुद्धीकरण हुन नदिन प्रशस्त मात्रामा निरोधात्मक उपायहरू स्वरुप कानूनी नियामकीय व्यवस्था भएका छन् । कुनै पनि संस्था संरचनाहरू सम्पत्ती शुद्धीकरण र आंतककारी क्रियाकलापमा वित्तीय लगानीका माध्यमहरू नबनुन् भन्ने अभिप्रायका साथ यससम्बन्धी व्यवस्थाहरू लागू गरिएको छ,’ उनले भने ।

उनले  आफ्नो ५ वर्षको कार्यकालमा पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुुअल र कार्यविधि लगायत ११६ वटा व्यवस्था जारी गरिएको जानकारी गराए । साथै, अधिकारीले पाँच वर्षको अवधिमा ११ वटा निर्देशिका, सातवटा म्यानुुअल र ४१ वटा कार्यविधि ल्याइएको समेत जानकारी गराए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register