गणपति लघुवित्तद्वारा सदस्यहरुलाई सिप विकास तालिम प्रदान

काठमाडौँ । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई सिप विकास तालिम प्रदान गरेको छ । लघुवित्तले सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उद्देश्यले फरक फरक शिर्षकका दुई वटा एक दिवशिय तालिम प्रदान गरेको हो । शाखा कार्यालय गोबरडिहा दाङले एक दिने तरकारी खेती तालिम तथा बीउ बिजन वितरण कार्यक्रम गोबरडिहामा सम्पन्न गरेको छ […]

Feb 21, 2025 - 07:08
 0
गणपति लघुवित्तद्वारा सदस्यहरुलाई सिप विकास तालिम प्रदान

काठमाडौँ । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई सिप विकास तालिम प्रदान गरेको छ । लघुवित्तले सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उद्देश्यले फरक फरक शिर्षकका दुई वटा एक दिवशिय तालिम प्रदान गरेको हो ।

शाखा कार्यालय गोबरडिहा दाङले एक दिने तरकारी खेती तालिम तथा बीउ बिजन वितरण कार्यक्रम गोबरडिहामा सम्पन्न गरेको छ । संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक पबित्रा गिरिको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सम्बन्धित विषयविज्ञ रविता कुमारी यादवले दिएकी थिइन् ।

उक्त तालिममा कर्जा असुली तथा जोखिम व्यवस्थापन विभागका कायम मुकायम अधिकृत गोकुल पाण्डे अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रमको संचालन तथा समन्वय सहायक प्रकाश भण्डारीले गरेका थिए । उक्त तालिममा ३४ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी, शाखा कार्यालय सल्यानटार धादिङले पनि एक दिने व्यवसायिक बाख्रा पालन तालिम सल्यानटारमा सम्पन्न गरेको छ । शाखा प्रबन्धक प्रकाश खनालको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सल्यानटारका पशु चिकित्सक जेटिए नविन बसौलाले दिएका थिए ।

२५ जना सदस्यहरुको सहभागीतामा उक्त तालिम सम्पन्न भएको थियो । तालिमको संचालन तथा समन्वय सुपरिवेक्षक महेश बोहराले गरेका थिए । दुवै तालिमका सहभागीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register