‘ग्रे लिस्ट’मा पर्यो नेपाल, अब के हुन्छ ?

काठमाडौँ । नेपाल सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरीले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिष्टमा पारेको हो । एफएटिएफले नेपाल र लाओसलाई ‘ग्रे’ लिष्टमा राख्ने निर्णय गरिसकेको छ । त्यसको औपचारिक घोषणा भने एफएटिएफ प्रेसिडेन्ट एलिजा डे अन्दा मड्राजोले नेपाली समय अनुसार शुक्रबार साँझ ८:१५ […]

Feb 21, 2025 - 08:14
 0
‘ग्रे लिस्ट’मा पर्यो नेपाल, अब के हुन्छ ?

काठमाडौँ । नेपाल सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरीले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिष्टमा पारेको हो ।

एफएटिएफले नेपाल र लाओसलाई ‘ग्रे’ लिष्टमा राख्ने निर्णय गरिसकेको छ । त्यसको औपचारिक घोषणा भने एफएटिएफ प्रेसिडेन्ट एलिजा डे अन्दा मड्राजोले नेपाली समय अनुसार शुक्रबार साँझ ८:१५ बजे पत्रकार सम्मेलन मार्फत गर्ने तयारी गरिएको छ ।

नेपाल ‘ग्रे’ लिष्टमा परेपछि नेपालले दुई वर्षको समयवधि दिइनेछ । सो अवधिमा नेपालले गर्नुपर्ने कामहरुको सूची एफएटीएफले नेपाललाई दिनेछ । यो अवधिमा सन्तोषजनक काम गर्ने सकेको खण्डमा मात्रै नेपाल ग्रे लिष्टबाट हट्नेछ, अन्यथा कालो सूचिमा पर्नेछ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register