प्रधानमन्त्री कपका लागि क्यानले चयन गर्‍यो तीन रङ्गशाला

काठमाडौं । क्रिकेट एशोसियसन नेपाल (क्यान)ले प्रधानमन्त्री कपका खेल तीनवटा रङ्गशालामा खेल खेलाउने भएको छ । क्यानले आज खेल तालिका सार्वजनिक गर्दै रूपन्देहीका दुई र दाङको एक रङ्गशालामा खेल हुने जानकारी दिएको हो । क्यानकाअनुसार रूपन्देहीका सिद्धार्थ रङ्गशाला, एक्स्ट्राटेक ओभल र दाङको लमही रङ्गशालामा खेल हुनेछ । फागुन २५ गतेदेखि उद्घाटन खेलमा सिद्धार्थ रङ्गशालामा कोशी […]

Feb 21, 2025 - 10:50
 0
प्रधानमन्त्री कपका लागि क्यानले चयन गर्‍यो तीन रङ्गशाला

काठमाडौं । क्रिकेट एशोसियसन नेपाल (क्यान)ले प्रधानमन्त्री कपका खेल तीनवटा रङ्गशालामा खेल खेलाउने भएको छ ।

क्यानले आज खेल तालिका सार्वजनिक गर्दै रूपन्देहीका दुई र दाङको एक रङ्गशालामा खेल हुने जानकारी दिएको हो । क्यानकाअनुसार रूपन्देहीका सिद्धार्थ रङ्गशाला, एक्स्ट्राटेक ओभल र दाङको लमही रङ्गशालामा खेल हुनेछ ।

फागुन २५ गतेदेखि उद्घाटन खेलमा सिद्धार्थ रङ्गशालामा कोशी र लुम्बिनी प्रदेश भिड्नेछन् । यता, एक्स्ट्रा टेक ओभलमा बागमती प्रदेश र विभागीय टिम एपीएफ भिड्ने छन् । त्यही दिन लमहीमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्‌को कार्यक्रमअनुसार क्यानको आयोजनामा हुन लागेको प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म राउन्ड रोबिन लिगका आधारमा चल्नेछ  ।

प्रतियोगितामा तीन विभागीयसहित १० टिम भिड्नेछन् । प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफको सहभागिता हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत १६ मा  सिद्धार्थ रङ्गशालामा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register