फाइनल नखेलेका हेनरी बने सर्वाधिक विकेट लिने खेलाडी
काठमाडौं । भारतविरुद्ध फाइनल नखेले पनि उपविजेता न्युजिल्यान्डका म्याट हेनरी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिताभर १० विकेट लिए । चोटका कारण हेनरीले फाइनल गुमाएका थिए । यस्तै दोस्रो स्थानमा विजेता भारतका वरुण चक्रवती छन् । उनले ९ विकेट लिएका छन् । फाइनलमा उनले २ विकेट दिएका थिए […]

काठमाडौं । भारतविरुद्ध फाइनल नखेले पनि उपविजेता न्युजिल्यान्डका म्याट हेनरी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिताभर १० विकेट लिए ।
चोटका कारण हेनरीले फाइनल गुमाएका थिए ।
यस्तै दोस्रो स्थानमा विजेता भारतका वरुण चक्रवती छन् । उनले ९ विकेट लिएका छन् । फाइनलमा उनले २ विकेट दिएका थिए ।
तेस्रो र चौथो स्थानमा क्रमश: भारतका मोहम्मद शामी र न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर रहे । उनीहरूले ९–९ विकेट लिए पनि कम इनिङ्स खेलेका कारण वरुण अगाडि रहेका हुन् ।
शामीले फाइनलमा १ विकेट लिएका थिए भने सान्टनरले २ विकेट लिए ।
यसैगरी सूचीको पाँचौं नम्बरमा न्युजिल्यान्डमा मिचल ब्रासवेल रहे । उनले प्रतियोगिताभर ५ विकेट लिए ।
आइतबार राति यूएईमा सकिएको फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले हराएर भारतले उपाधि जितेको छ ।
सर्वाधिक रन बनाउने पाँच खेलाडी : रचिनदेखि विराटसम्म
What's Your Reaction?






