हामी सरकारमा होइन, जनतामै जान्छौँ : अध्यक्ष प्रचण्ड
झापा, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू २०८४ अघि सरकारमा नजाने बताउनुभएको छ । पोखराको काजिपोखरीमा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी ०८४ अघि सरकारमा नभई जनतामा जाने बताउनुभयो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र भइसके पछि प्रत्यक्ष निर्वाचन कार्यकारी [...] The post हामी सरकारमा होइन, जनतामै जान्छौँ : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

झापा, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू २०८४ अघि सरकारमा नजाने बताउनुभएको छ ।
पोखराको काजिपोखरीमा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी ०८४ अघि सरकारमा नभई जनतामा जाने बताउनुभयो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र भइसके पछि प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति हुनुपर्ने उहाँले जनाउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भए मात्रै भ्रष्टाचार रोक्न सकिने अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो ।
पार्टीका महासचिव देवप्रसाद गुरुङले नेपालमा माओवादी केन्द्रको विकल्प नभएको दाबी गर्दै सबै जाति, लिङ्ग, क्षेत्र, वर्गको प्रतिनिधित्व गर्ने पार्टी माओवादी केन्द्र भएको बताउनुभयो ।
The post हामी सरकारमा होइन, जनतामै जान्छौँ : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.
What's Your Reaction?






