क्यान्सर सचेतना पत्रकारिता पुरस्कार पदम जोशीलाई

नवलपरासी।  राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पदमराज जोशीलाई  प्रदान गरिएको छ । पूर्वी नवलपरासीकाे कावासाेती २ स्थित राधा क्यान्सर फाउन्डेसनका अध्यक्ष प्रकाश शर्माका अनुसार स्थानीय लक्ष्मी नारायण मन्दिरमा शुक्रवार एक कार्यक्रम गरेर बैतडी निवासी हेल्थ टुडे पत्रिकाका सम्पादक जोशीलाई साे पुरस्कार वितरण गरिएको हो। साे अवसरमा पुरस्कार वितरण कार्यक्रमका प्रमुख […]

Feb 21, 2025 - 14:46
 0
क्यान्सर सचेतना पत्रकारिता पुरस्कार पदम जोशीलाई

नवलपरासी। 

राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पदमराज जोशीलाई  प्रदान गरिएको छ ।

पूर्वी नवलपरासीकाे कावासाेती २ स्थित राधा क्यान्सर फाउन्डेसनका अध्यक्ष प्रकाश शर्माका अनुसार स्थानीय लक्ष्मी नारायण मन्दिरमा शुक्रवार एक कार्यक्रम गरेर बैतडी निवासी हेल्थ टुडे पत्रिकाका सम्पादक जोशीलाई साे पुरस्कार वितरण गरिएको हो।

साे अवसरमा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवं गण्डकी प्रदेश सांसद राेशन बहादुर गाहा मगरले खानपानकै कारण मानिसमा हाल क्यान्सर लगायतका नसर्ने राेगमा वृद्धि भई रहेकोले समयमै यसबाट सबै सचेत हुन पर्ने बताए।

फाउन्डेसनका परिकल्पनाकार स्वर्गीय राधा शर्माको जन्मदिन २० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष फागुन ९ गते स्वास्थ्य बिटमा कलम चलाउने संचारकर्मीलाई कदर स्वरूप प्रदान गरिँदै आएको अध्यक्ष शर्माले बताए । अघिल्लो वर्ष याे पुरस्कार नागरिक दैनिकका पत्रकार पवित्रा सुनारलाई प्रदान गरिएको थियो ।

विक्रम सम्बत २०४८मा जन्मिएकी राधाको २०७७ सालमा क्यान्सर रोगका कारण निधन भएकाे थियो । बिगत देखि पत्रकारिता गर्दै आएकी राधाले आफूलाई क्यान्सर रोगले छोएको चाल पाए देखि उच्च मनोबलका साथ क्यान्सर सचेतना र महिला हिंसा विरुद्ध कलम चलाउँदै आएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register