झापाको गौरीगञ्जबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

झापा, १० चैत । झापाको गौरीगञ्ज गाउँपालिकाकाबाट प्रहरीले आज दिउँसो लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसानगञ्ज–२ पलसाहका २३ वर्षीय सलम बरिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गौरीगञ्ज गाउँपालिका–१ स्थितमा लागुऔषध ओसारपोसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले भारतबाट [...] The post झापाको गौरीगञ्जबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

Mar 23, 2025 - 13:44
 0
झापाको गौरीगञ्जबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

झापा, १० चैत । झापाको गौरीगञ्ज गाउँपालिकाकाबाट प्रहरीले आज दिउँसो लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत किसानगञ्ज–२ पलसाहका २३ वर्षीय सलम बरिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गौरीगञ्ज गाउँपालिका–१ स्थितमा लागुऔषध ओसारपोसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सलमलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिकबाहेक ४ ग्राम ५५ मिलिग्राम फेला परेकोले उक्त लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

The post झापाको गौरीगञ्जबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register