पत्रकार महासंघ यूकेले राजदूत घिमिरेलाई दूतावासमा गर्‍यो स्वागत

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्वागत गरेको छ ।  शाखा अध्यक्ष विमला सेनेको नेतृत्वमा शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावास भवनमा पुगेर शाखा पदाधिकारीहरुले राजदूत एवम् धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई स्वागतसहित शिष्टाचार भेट गरेका हुन् । अध्यक्ष सेनेले राजदूत घिमिरे दम्पत्तिलाई खादा र पुष्पगुच्छासहित महासंघका तर्फबाट […]

Feb 21, 2025 - 20:13
 0
पत्रकार महासंघ यूकेले राजदूत घिमिरेलाई दूतावासमा गर्‍यो स्वागत

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्वागत गरेको छ । 

शाखा अध्यक्ष विमला सेनेको नेतृत्वमा शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावास भवनमा पुगेर शाखा पदाधिकारीहरुले राजदूत एवम् धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई स्वागतसहित शिष्टाचार भेट गरेका हुन् ।

अध्यक्ष सेनेले राजदूत घिमिरे दम्पत्तिलाई खादा र पुष्पगुच्छासहित महासंघका तर्फबाट स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइन् । उनले स्वागतको अवसर दिएकामा राजदूतप्रति आभार व्यक्त गर्दै महासंघ दूतावाससँग सहकार्य गर्न तयार रहेको समेत बताइन् ।  

परिचयात्मक कार्यक्रमपछि बोल्दै राजदूत घिमिरेले व्यस्तता बावजुद आफ्नो स्वागत गरेकामा महासंघलाई धन्यवाद दिए । राजदूत घिमिरेले बेलायतका पत्रकारहरु पत्रकारितामा सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुशी लागेको बताए । ‘देश र समाज निर्माणमा तपाईंहरुको भूमिका महत्वपूर्ण छ । आफ्नो व्यवसायिक धर्म सधैं निर्वाह गर्नु नै हुनेछ’- राजदूतले भने ।

महासंघ पदाधिकारीहरुलाई सत्य तथ्य समाचार सम्प्रेसण गर्न सुझाव दिंदै घिमिरेले दूतावासले महासंघबाट सधैं रचनात्मक सुझाव सल्लाह अपेक्षा गरेको उल्लेख गरे । 

सो अवसरमा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सल्लाहकारद्वय नरेश खपाङ्गी मगर र नवीन पोखरेल, सदस्यहरु नगेन्द्र नेम्वाङ, बम थापा सूर्यवंशी र गोमा राना एवं केन्द्रिय प्रतिनिधि दूत पुनको उपस्थिति थियो । उक्त सौहार्दपूर्ण भेटमा पत्रकारहरुले विभिन्न सुझाव दिएका थिए ।  

 तस्विर- शिव भण्डारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register