एकै महिनामा तीन हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी […]

Feb 23, 2025 - 08:27
 0
एकै महिनामा तीन हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ ।

सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ ।

सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरुलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

उनीहरुबाट रु २३ करोड ९२ लाख ९१ हजार जरिवाना उठाइएको छ । उनीहरु कूल छ सय ७२ वर्ष छ महिना २३ दिन कैद तोकिएका व्यक्तिहरु हुन् ।

प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै पाँच सय २७ र मधेस प्रदेशबाट सात सय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

यस्तै बागमती प्रदेशबाट एक सय ७०, गण्डकी प्रदेशबाट दुई सय १७, लुम्बिनी प्रदेशबाट पाँच सय ८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन् । सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट नौ सय तीन र केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न क्षेत्रबाट सात जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

उनीहरुलाई अदालतमा पेस गरिएको र अदालतबाट कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register