माओवादी केन्द्रले जेठ २ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’’ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले निष्कर्ष निकाल्दै नयाँ अभियानको […]

May 4, 2025 - 12:07
 0
माओवादी केन्द्रले जेठ २ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’’ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले निष्कर्ष निकाल्दै नयाँ अभियानको घोषणा गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र सङ्गठनात्मक पक्षबारे विस्तृत छलफल भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register