कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

काठमाडौं । हेटौंडा र काठमाडौंलाई जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड स्तरोन्नतिको कामको लागि १९ दिन बन्द हुने भएको छ। मकवानपुर जिल्ला प्रशासन कार्यालयले मङ्गलबार जारी गरेको सूचना अनुसार, सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरमार्फत ठेक्का लागेको उक्त सडकको मर्मत तथा स्तरोन्नतिको काम जेठ २ गतेदेखि २० गतेसम्म चल्नेछ। इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने उद्देश्यले यो […]

May 13, 2025 - 13:50
 0
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

काठमाडौं । हेटौंडा र काठमाडौंलाई जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड स्तरोन्नतिको कामको लागि १९ दिन बन्द हुने भएको छ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले मङ्गलबार जारी गरेको सूचना अनुसार, सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरमार्फत ठेक्का लागेको उक्त सडकको मर्मत तथा स्तरोन्नतिको काम जेठ २ गतेदेखि २० गतेसम्म चल्नेछ।

इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने उद्देश्यले यो सडक पूर्ण रूपमा बन्द गरिएको छ।

यस अवधिमा हेटौंडा–काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register