लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा अष्ट्रेलिया र दक्षिण अफ्रिका, दुवैको सेमिफाइनलमा नजर

काठमाडौं । नवौँ संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मङ्गलबार) अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् । पाकिस्तानको रावलपिण्डी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे आमने–सामने हुँदा यी दुवै लगातार दोस्रो जितको खोजीमा हुनेछन् । यो खेलको विजेता सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । किनकि यसअघिको खेल जितेकाले दक्षिण अफ्रिका र अष्ट्रेलिया २–२ अङ्कसहित समूह […]

Feb 25, 2025 - 05:13
 0
लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा अष्ट्रेलिया र दक्षिण अफ्रिका, दुवैको सेमिफाइनलमा नजर

काठमाडौं । नवौँ संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मङ्गलबार) अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् ।

पाकिस्तानको रावलपिण्डी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे आमने–सामने हुँदा यी दुवै लगातार दोस्रो जितको खोजीमा हुनेछन् । यो खेलको विजेता सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ ।

किनकि यसअघिको खेल जितेकाले दक्षिण अफ्रिका र अष्ट्रेलिया २–२ अङ्कसहित समूह ‘बी’को शीर्ष २ स्थानमा छन् । शीर्ष स्थानका २ टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ । यसर्थ आजको खेल जितेमा ४ अङ्क हुनेछ ।

यो समूहमा इङ्ल्यान्ड र अफगानिस्तान भने जितविहीन छन् । अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ग्ल्यान्ड अष्ट्रेलियासँग पराजित भएका थिए ।

समूह ‘ए’बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएसँगै दुवै टोली एक खेलअघि नै सेमिफाइनलमा पुगेका हुन् ।

बङ्गलादेश र आयोजक पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

न्युजिल्यान्ड र भारत एक खेलअघि नै सेमिफाइनलमा, बङ्गलादेश र पाकिस्तान बाहिरिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register