'सेवा आयोगका अध्यक्षमाथिकाे दुर्व्यवहार निन्दनीय, विद्यार्थी संगठनहरु कर्मचारीको भागबण्डामा केन्द्रित हुनु आन्दोलनप्रतिकै गद्दारी'

Jun 14, 2023 - 05:31
 0
'सेवा आयोगका अध्यक्षमाथिकाे दुर्व्यवहार निन्दनीय, विद्यार्थी संगठनहरु कर्मचारीको भागबण्डामा केन्द्रित हुनु आन्दोलनप्रतिकै गद्दारी'
'सेवा आयोगका अध्यक्षमाथिकाे दुर्व्यवहार निन्दनीय, विद्यार्थी संगठनहरु कर्मचारीको भागबण्डामा केन्द्रित हुनु आन्दोलनप्रतिकै गद्दारी'

काठमाडौं । पूर्वाञ्चाल विश्वविद्यालयमा गरिएको तालाबन्दी र सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि गरिएको दुर्व्यवहारप्रति नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै निहीत स्वार्थपूर्तिका लागि गरिएकाे गतिविधिकाे घाेर विराेध गर्नुभएकाे छ ।

'पूर्वाञ्चाल विश्वविद्यालय सेवा आयाेगले कर्मचारीहरुकाे पदपूर्तिका लागि २२ वर्षपछि गरेकाे विज्ञापन अनुसार प्रथम पत्रकाे परीक्षा सम्पन्न भई नतिजा समेत प्रकाशन भएपश्चात उक्त परीक्षा खारेज गरी पुन नयाँ प्रक्रियाबाट कर्मचारी नियुत्ति गरिनुपर्ने माग राखी निहित स्वार्थ पुर्तिका लागि गरिएको गतिविधिको अनेरास्ववियु घोर विरोध गर्दछ'- विज्ञप्तिमा उल्लेख छ ।

सरकारको संरक्षणमा विश्वविद्यालयहरुमा नेविसंघले अपराधिक गतिविधि गरेकाे भन्दै अनेरास्ववियुले  निन्दा समेत गरेकाे छ । सेवा आयोगका अध्यक्ष दाहालमाथि नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेविसंघका नेता-कार्यकर्ताले जेठ २९ गते कालाेमाेसाे दलेर दुर्व्यवहार गरेका थिए ।

विद्यार्थी र विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा प्राध्यापक-कर्मचारीहरुको नियुक्ति र भागबण्डामा केन्द्रित हुनु विद्यार्थी आन्दोलनप्रतिको गद्दारी भएकाे अनेरास्ववियुकाे ठहर छ । अनेरास्ववियु यस्ता गतिविधिकाे विरुद्धमा रहेकाे उल्लेख गर्दै अध्यक्ष बडालले लेख्नुभएकाे छ - 'विद्यार्थी र विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ तर विद्यार्थी संगठनहरु यसरी प्राध्यापक-कर्मचारीहरुको नियुक्ती र भागबण्डामा केन्द्रित हुनु विद्यार्थी आन्दोलनप्रतिको गद्दारी हुन्छ, तसर्थ अनेरास्ववियु विश्वविद्यालयहरुमा प्राज्ञिक वातावरण कायम गर्नका निमित्त अराजक गतिविधि र भागण्डाको विरुद्धमा निरन्तर प्रतिबद्ध रहेको छ ।'

सरकारको संरक्षणमा विश्वविद्यालयहरुमा नेविसंघले गर्ने अपराधिक गतिविधिको अनेरास्ववियुले निन्दा र तिरस्कार गरेकाे छ । केही समय अगाडि त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउने माथिको आक्रमण होस् या पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाल माथिको आक्रमण यी दुवै हाम्रा मुल्य, मान्यता र अनुशासन बाहिरका विषय भएकाे अनेरास्ववियुले जनाएकाे छ ।  

नेविसंघले विभिन्न अनुचित र गैरकानूनी माग राखी विश्वविद्यालय अन्तर्गतका विभिन्न ४ वटा डीन कार्यालयहरुमा गरिएको तालाबन्दी तत्काल खोल्न अनेरास्ववियुले अपिल गरेकाे छ । प्राज्ञिक थलोमा पटक-पटक अपराधिक गतिविधि नदोहोर्‍याउन समेत अनेरास्ववियुले अनुराेध गरेकाे छ । यस्ता आपराधिक गतिविधिमा संलग्न जोसुकै भएतापनि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष अनेरास्ववियुले माग गरेकाे छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1