‘मोबाइल नम्बर परिवर्तन गर्दा बैंकलाई जानकारी गर्नुस्’- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ तथा मोबाइल बैंकिङ कारोबारमा मोबाइल नम्बर वा इमेल परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थालाई जानकारी दिन आग्रह गरेको छ ।  मंगलबार वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय संस्थालाई गराउन आग्रह गरेको हो ।  राष्ट्र बैंकले […]

Feb 25, 2025 - 10:08
 0
‘मोबाइल नम्बर परिवर्तन गर्दा बैंकलाई जानकारी गर्नुस्’- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ तथा मोबाइल बैंकिङ कारोबारमा मोबाइल नम्बर वा इमेल परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थालाई जानकारी दिन आग्रह गरेको छ । 

मंगलबार वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय संस्थालाई गराउन आग्रह गरेको हो । 

राष्ट्र बैंकले फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय संस्थालाई समयमै नगराएमा खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुने भएकोले मोबाइल नम्बर परिवर्तन भए यथाशीघ्र सम्बन्धित संस्थामा जानकारी गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

पछिल्लो समय बैंक खाता ह्याक भएका घटना बढेपछि राष्ट्र बैंकले आफ्ना महत्वपूर्ण वित्तीय विवरण सुरक्षित राख्न र मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि आग्रह गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register