चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर, २४ वैशाख । उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका–८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङले लागेर घटना स्थलमा नै मृत्यु भएको [...] The post चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु appeared first on Jhapa Online.

May 7, 2025 - 07:49
 0
चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर, २४ वैशाख । उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका–८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङले लागेर घटना स्थलमा नै मृत्यु भएको हो ।

सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लाशको पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।,

The post चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register