चट्याङ लागेर बालकको मृत्यु

कटारी (उदयपुर), २३ वैशाख । कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा [...] The post चट्याङ लागेर बालकको मृत्यु appeared first on Jhapa Online.

May 6, 2025 - 08:54
 0
चट्याङ लागेर बालकको मृत्यु

कटारी (उदयपुर), २३ वैशाख । कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो ।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भन्नुभयो, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभयो । रासस

The post चट्याङ लागेर बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register