मौद्रिक नीतिको समीक्षा सार्वजनिक, ईभीकाे डाउनपेमेन्ट बढ्यो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक व्यवस्था अनुसार व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिएको छ । उक्त व्यवस्था अनुसार अब ईभीको  डाउनपेमेन्ट कम्तीमा ४०% गर्नुपर्ने छ । यसअघि […]

Feb 25, 2025 - 14:17
 0
मौद्रिक नीतिको समीक्षा सार्वजनिक, ईभीकाे डाउनपेमेन्ट बढ्यो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ ।

सार्वजनिक व्यवस्था अनुसार व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिएको छ । उक्त व्यवस्था अनुसार अब ईभीको  डाउनपेमेन्ट कम्तीमा ४०% गर्नुपर्ने छ । यसअघि २०% डाउनपेमेन्टमा ईभी पाइन्थ्याे ।

असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

यस्तो छ मौद्रिक नीतिको  समीक्षा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register