प्रेस चौतारी अध्यक्षमा राजेश राईको उम्मेदवारी घोषणा

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि उपाध्यक्ष राजेश राईले उम्मेदवारी घोषणा गरेका छन्। पार्टी नेतृत्वको सर्वसम्मतिको प्रयासका बाबजुद राईले आफ्नो योग्यता रहेको र प्रतिनिधिहरूले निर्णय लिने विश्वास व्यक्त गरेका छन्। यसअघि एमाले सचिवालयले राईलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो, तर पछि त्यो निर्णय उल्टियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले गणेश पाण्डेलाई अध्यक्ष बनाउन […]

Mar 21, 2025 - 15:36
 0
प्रेस चौतारी अध्यक्षमा राजेश राईको उम्मेदवारी घोषणा

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि उपाध्यक्ष राजेश राईले उम्मेदवारी घोषणा गरेका छन्। पार्टी नेतृत्वको सर्वसम्मतिको प्रयासका बाबजुद राईले आफ्नो योग्यता रहेको र प्रतिनिधिहरूले निर्णय लिने विश्वास व्यक्त गरेका छन्।

यसअघि एमाले सचिवालयले राईलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो, तर पछि त्यो निर्णय उल्टियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि राईले सामाजिक सञ्जालमार्फत् प्रतिस्पर्धामा जाने घोषणा गरेका हुन्।

‘अहिलेसम्म पार्टी नेतृत्व/सङ्घठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ– प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर।’

प्रेस चौतारीको दशौं राष्ट्रिय सम्मेलन १० चैतबाट विराटनगरमा सुरु हुँदैछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register