वर्षा बाधक बन्दा हैदराबादलाई घाटा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोली एक–एक अङ्क बाँड्न बाध्य भएका छन् । हैदराबादले जितका लागि १३४ रनको सहज चुनौती पाएको थियो । तर वर्षाको कारण हैदराबादले इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक–एक अङ्क बाँडेका […]

May 6, 2025 - 03:55
 0
वर्षा बाधक बन्दा हैदराबादलाई घाटा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोली एक–एक अङ्क बाँड्न बाध्य भएका छन् ।

हैदराबादले जितका लागि १३४ रनको सहज चुनौती पाएको थियो । तर वर्षाको कारण हैदराबादले इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक–एक अङ्क बाँडेका छन् । यसले हैदराबादको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा धक्का पुगेको छ । अब प्ले अफमा पुग्न हैदराबादलाई थप चुनाैती थपिएकाे छ ।

यद्यपि सात अङ्कसहित हैदराबाद लिगको आठौं स्थानमा उक्लिएको छ ।

यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा घरेलु टोली टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो ।

दिल्लीका लागि ट्रिस्तान स्टुब्सले अविजित ४१ रन बनाए । यस्तै आशुतोष शर्माले पनि समान ४१ रन नै जोडे ।

हैदराबादका बलर प्याट कमिन्सले तीन विकेट लिएका थिए ।

यो हारसँगै दिल्ली ११ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ । १० टोलीमध्ये शीर्ष चारले प्ले अफमा स्थान बनाउने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register