रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद बैठकको कार्यसूची
काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बावजुत संघीय संसदको पहिलो बैठक सभामुख देवराज घिमिरेले अघि बढाएका छन् । सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाउन लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । बैठक सञ्चालन भइसकेपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरूले समयको माग गर्दै उभिएर विरोध जनाएका […]

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बावजुत संघीय संसदको पहिलो बैठक सभामुख देवराज घिमिरेले अघि बढाएका छन् ।
सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाउन लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । बैठक सञ्चालन भइसकेपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरूले समयको माग गर्दै उभिएर विरोध जनाएका हुन् ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समयका विषयमा छलफल नभएको भन्दै राष्ट्रपति कार्यालयबाट प्राप्त वाचन सुरू गरेका छन् । रास्वपाका सांसदहरूले संसदमा नाराबाजी गरिरहेका छन् ।
आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ ।
अधिवेशनको पहिलो दिन सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ बैठकमा पेस हुने जनाइएको छ ।
आजै रास्वपाका सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । लामिछाने रास्वपाका १५ सांसद लिएर सभामुख घिमिरेलाई भेट्न पुगेका थिए । उनीहरूले आजकै बैठकबाट लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न अनुरोध गरेका थिए ।
What's Your Reaction?






