धनी विदेशीलाई अमेरिकाले ५० लाख डलरमा ‘गोल्ड कार्ड’ बेच्ने 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी विदेशीलाई ‘गोल्ड कार्ड’ बेच्ने भएका छन् । उनले ५० लाख डलर शुल्क तिर्ने धनी विदेशीहरुलाई ‘गोल्ड कार्ड’ बिक्री गर्ने घोषणा गरेका हुन् ।  ५० लाख डलर तिरेर लिइएको उक्त गोल्ड कार्डले अमेरिकामा बस्न र काम गर्ने अधिकारसँगै अमेरिकी नागरिकताको बाटो पनि खुला गर्ने बताइएको छ ।  अमेरिकी राष्ट्रपति […]

Feb 26, 2025 - 10:52
 0
धनी विदेशीलाई अमेरिकाले ५० लाख डलरमा ‘गोल्ड कार्ड’ बेच्ने 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी विदेशीलाई ‘गोल्ड कार्ड’ बेच्ने भएका छन् । उनले ५० लाख डलर शुल्क तिर्ने धनी विदेशीहरुलाई ‘गोल्ड कार्ड’ बिक्री गर्ने घोषणा गरेका हुन् । 

५० लाख डलर तिरेर लिइएको उक्त गोल्ड कार्डले अमेरिकामा बस्न र काम गर्ने अधिकारसँगै अमेरिकी नागरिकताको बाटो पनि खुला गर्ने बताइएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त गोल्ड कार्डले ग्रिन कार्डसरह काम गर्ने बताएका छन् । उक्त गोल्ड कार्ड बिक्री गर्नुको उद्देश्य धनी व्यक्तिहरुलाई अमेरिकामा प्रवेश दिनु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 

गोल्ड कार्डको बिक्री आगामी दुई हप्ताभित्र सुरु हुने लाखौँले उक्त गोल्ड कार्ड किन्ने ट्रम्पले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register