युके पठाउने भन्दै ३२ लाख ५७ हजार ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ घर भई काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ०५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन १ गते […]

Feb 16, 2025 - 06:57
 0
युके पठाउने भन्दै ३२ लाख ५७ हजार ठग्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ घर भई काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ०५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन १ गते काठमाडौँ महानगरपालिका वडा नं.  २६ बाट पक्राउ गरेको हो ।
अधिकारीले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर ३२ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register