धरानलाई हराउँदै काठमाडौं फाइनलमा

कटारी । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडौं फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा  प्रवेश गरेको हो । काठमाडौंलाई फाइनलमा पुर्‍याउन जर्सी नम्बर ३ का सौराज राउतले ह्याट्रिक गरे । त्यसैगरी जर्सी नम्बर […]

Feb 26, 2025 - 14:55
 0
धरानलाई हराउँदै काठमाडौं फाइनलमा

कटारी । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडौं फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा  प्रवेश गरेको हो ।

काठमाडौंलाई फाइनलमा पुर्‍याउन जर्सी नम्बर ३ का सौराज राउतले ह्याट्रिक गरे । त्यसैगरी जर्सी नम्बर २ का सन्तोष न्योपानेले काठमाडौंका लागि एक गोल गरेपछि काठमाडौंको गोल सङ्ख्या ४ पुगेको हो । पहिलो हाफ बराबरी खेलेको धरानले दोस्रो हाफको १३औँ मिनेटमा तप्पन कार्कीको गोलबाट अग्रता लिएको थियो । लगत्तै काठमाडौंका लागि सौराजले गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि सौराजले पुनःगोल गर्दै २–१ अन्तरमा ल्याए । लगत्तै धरानका लागि तप्पनले नै गोल गरेर बराबरी बनाए पनि खेलको अतिरिक्त समयमा सौराज र सन्तोषले १–१ गोल गरेपछि धरानलाई काठमाडौंले ४–२ को अन्तरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको ‘म्यान अफ दी म्याच’ह्याट्रिक पूरा गर्नुभएका सौराज राउत घोषित भए । उनले नगद रु तीन हजारका साथमा मेडल प्राप्त गरे । बिहीबार दोस्रो सेमिफाइनलमा वीरगञ्ज युनाइटेड र सलहेस युथ क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्नेछ, भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछ ।

आठ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ । कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register