कुलमानको रिटमा सुनुवाइ जारी, शाक्यको निवेदन पाँचौं नम्बरमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो । आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग राखी कुलमानले बुधबार साँझ रिट दायर गरेका थिए । यता, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर […]

Mar 28, 2025 - 06:32
 0
कुलमानको रिटमा सुनुवाइ जारी, शाक्यको निवेदन पाँचौं नम्बरमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।

आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग राखी कुलमानले बुधबार साँझ रिट दायर गरेका थिए ।

यता, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पनि अब्दुलकै इजलासमा परेको छ । घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौं क्रममा छ ।

शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register