अर्थहीन खेलमा पाकिस्तान र बङ्गलादेश भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) अर्थहीन खेलमा आयोजक पाकिस्तान र बङ्गलादेश भिड्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे रावलपिण्डीमा हुनेछ । समूह ‘ए’बाट पाकिस्तान र बङ्गलादेश पहिलो चरणबाटै बाहिरिइसकेका छन् । यो खेलको हारजितले सेमिफाइनल समीकरणमा कुनै असर गर्दैन । यसर्थ यी दुईबीचको खेललाई अर्थहीन भनिएको हो । यद्यपि […]

Feb 27, 2025 - 02:13
 0
अर्थहीन खेलमा पाकिस्तान र बङ्गलादेश भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) अर्थहीन खेलमा आयोजक पाकिस्तान र बङ्गलादेश भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे रावलपिण्डीमा हुनेछ ।

समूह ‘ए’बाट पाकिस्तान र बङ्गलादेश पहिलो चरणबाटै बाहिरिइसकेका छन् । यो खेलको हारजितले सेमिफाइनल समीकरणमा कुनै असर गर्दैन । यसर्थ यी दुईबीचको खेललाई अर्थहीन भनिएको हो ।

यद्यपि आज दुवै टोली खेल जितेर प्रतिष्ठा जोगाउने लक्ष्यमा हुनेछन् । आजको विजेताले प्रतियोगितामा जितको खाता खोल्नेछ । यसअघि भएका दुवै खेलमा यी दुई टोली पराजित भएका थिए ।

यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register