प्रसाईंसँगै उनका अङ्गरक्षक पनि पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । नेपाल प्रहरीले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै उनीहरूलाई झापामा पक्राउ गरेर काठमाडौं ल्याइँदै गरेको जानकारी दिएको हो । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता प्रसाईंलाई आज बिहान भारतबाट नेपाल ल्याइएको छ । प्रसाईं र उनका अङ्गरक्षक […]

Apr 11, 2025 - 06:47
 0
प्रसाईंसँगै उनका अङ्गरक्षक पनि पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै उनीहरूलाई झापामा पक्राउ गरेर काठमाडौं ल्याइँदै गरेको जानकारी दिएको हो ।

तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता प्रसाईंलाई आज बिहान भारतबाट नेपाल ल्याइएको छ ।

प्रसाईं र उनका अङ्गरक्षक खड्कालाई अहिले भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइँदै छ । ११ बजे बुद्ध एअरको उडानमार्फत काठमाडौं ल्याएँदै गरेको हो ।

प्रसाईंलाई ल्याइएपछि झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने निर्णय गरिएको हो ।

प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले बिहीबार जनाएको थियो ।

तर नेपाल प्रहरीले भने मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पक्राउ परेको विषयको खण्डन गर्दै उनी खोजीको सूचीमा रहेको जनाएको थियो ।

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register