पौने ४ किलो सुनसहित विमानस्थलबाट उज्वेकिस्तानका चार जना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पौने चार किलो सुनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु उज्वेकिस्तानका नागरिक हुन् । जसमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । भन्सार जाँच गरेर बाहिर निस्कने […]

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पौने चार किलो सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु उज्वेकिस्तानका नागरिक हुन् । जसमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शङ्का लागेर खानतलासी गर्दा मलद्वारामा लुकाएको करिब पौने चार किलो सुन बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।
What's Your Reaction?






