जापानले फेरि रेकर्ड बनायो जन्मदरको न्यूनस्तरमा

एजेन्सी । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ । यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको […]

Feb 27, 2025 - 12:46
 0
जापानले फेरि रेकर्ड बनायो जन्मदरको न्यूनस्तरमा

एजेन्सी । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ ।

यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकहरू सहित जापानमा सात लाख २० हजार नौ सय ८८ बच्चा जन्मिएका थिए । यो सन् २०२३ मा सात लाख ५८ हजार छ सय ३१ बाट पाँच प्रतिशतले कम हो ।

जन्मको सङ्ख्या सरकारले सन् १८९९ मा तथ्याङ्क राख्न सुरु गरेयता सबैभन्दा कम भयो ।

मृत्युको सङ्ख्या जन्मको तुलनामा दोब्बरभन्दा बढी थियो । मृत्यु हुनेको सङ्ख्या सन् २०२३ मा एक दशमलव आठ प्रतिशतले बढेर १६ लाख २० हजार पुगेको छ ।

जापानको कूल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको गत हप्ताको तथ्याङ्कले देखाएको छ । यो एक वर्ष अघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।

जन्म तथ्याङ्कले दक्षिण कोरियासँग तीव्र तुलना गरेको छ । दक्षिण कोरियामा बुधबारको तथ्याङ्कले सन् २०२४ मा प्रति एक हजार मानिसमा जन्मिएका बच्चाहरूको सङ्ख्या बढेको छ । यो एक दशकभन्दा बढी समयमा पहिलो पटक हो ।

सन् १९७३ मा जापानमा २१ लाख बच्चा जन्मिएका थिए ।

जापानी प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताएका छन् ।

तर शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार सुरु गर्न निरुत्साहित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register