जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरूको घोषणा

काभ्रे।  जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न प्रतिभाहरूलाई प्रदान गरिने भएको छ । यसवर्ष २०८० सालको दीपा – जनमत सम्मान आकाश अधिकारी (तनहुँ) लाई, गणेश – खिलकुमारी दुवाल – जनमत सम्मान किशोर पहाडी (काठमाडौं) लाई, हृदयचन्द्र– जनमत वरिष्ठ साधकं सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ) लाई, जनमत – जनक प्रधान […]

Feb 27, 2025 - 12:45
 0
जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरूको घोषणा

काभ्रे। 

जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न प्रतिभाहरूलाई प्रदान गरिने भएको छ ।

यसवर्ष २०८० सालको दीपा – जनमत सम्मान आकाश अधिकारी (तनहुँ) लाई, गणेश – खिलकुमारी दुवाल – जनमत सम्मान किशोर पहाडी (काठमाडौं) लाई, हृदयचन्द्र– जनमत वरिष्ठ साधकं सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ) लाई, जनमत – जनक प्रधान सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर) लाई प्रदान गरिनेछ ।

त्यसैगरी केवलपुरे–जनमत सम्मान मोमिला जोशी (धनकुटा) लाई, जनमत– महेन्द्रलाल कलाकार सम्मान कालु कुमाले (ललितपुर) लाई, कमला सैंजु–जनमत सम्मान इल्या भट्टराई (काठमाडौं) लाई, जनमत – राजभाई सहयात्री सम्मान देवीचरण भण्डारी (झापा) लाई, भारती– जनमत साहित्यिक पत्रकारिता सम्मान चेतनाथ धमला (ओखलढुङ्गा) लाई प्रदान गरिनेछ ।

जनमत–केदार – सुदर्शना बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) लाई, जनमत–सिचि धर्म-संस्कृति सम्मान ब्रह्मकुमारी लक्ष्मी दिदी (काभ्रे) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान मधुसूदन पाण्डेय (दाङ) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा. प्रकाशराज रेग्मी (पाल्पा) लाई प्रदान गरिने भएको छ ।

यसैगरी जनमत–ज्ञानरत्न – मंगलतारा राष्ट्रिय सम्मान फूलमान बल (काभ्रे, तामाङ भाषा) र जनमत – पूर्णमाया – लुचि समाजसेवा सम्मान पूर्णबहादुर गुरूङ (विमल पुस्तकालय, सुनसरी) लाई प्रदान गरिनेछ ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४१ औं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आगामी २०८१ चैत्र २३ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् । वाङ्मयको सेवा नै राष्ट्र र जनताको सच्चा सेवा हो । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register