राजधानी दैनिकले किन पाँच गुणा बढायो पत्रिकाको मूल्य ?

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकले पत्रिकाको मूल्यको ह्वात्तै बढाएको छ । राजधानी न्युज पब्लिकेशन प्रालिले पत्रिकाको मूल्य एकैचोटी पाँच गुणा बढाएको हो । यसअघि १० रुपैयाँमा पत्रिका बिक्री गर्दै आएको राजधानी न्युज पब्लिकेशन प्रालिले अब बढाएर ५० रुपैयाँ पुर्‍याएको छ । पब्लिकेशनले पत्रिकाको मूल्य बढाउनुको कारणसमेत खुलाएको छ । आर्थिक मन्दी, महङ्गी तथा विज्ञापन बजार खस्कँदै […]

Feb 28, 2025 - 09:28
 0
राजधानी दैनिकले किन पाँच गुणा बढायो पत्रिकाको मूल्य ?

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकले पत्रिकाको मूल्यको ह्वात्तै बढाएको छ ।

राजधानी न्युज पब्लिकेशन प्रालिले पत्रिकाको मूल्य एकैचोटी पाँच गुणा बढाएको हो । यसअघि १० रुपैयाँमा पत्रिका बिक्री गर्दै आएको राजधानी न्युज पब्लिकेशन प्रालिले अब बढाएर ५० रुपैयाँ पुर्‍याएको छ ।

पब्लिकेशनले पत्रिकाको मूल्य बढाउनुको कारणसमेत खुलाएको छ । आर्थिक मन्दी, महङ्गी तथा विज्ञापन बजार खस्कँदै जानु, पत्रिका छपाईका लागि आवश्यक सामग्रीको मूल्यवृद्धि लगायतका कारणले मूल्य बढाउन बाध्य भएको पत्रिकाको प्रकाशकीयमा उल्लेख छ ।

मूल्य समायोजनले पाठक वर्गलाई केही असुविधा भएपनि निडर भई सत्यतथ्यमा आधारित रहेर अरूभन्दा भिन्दै समाचार प्रेषित गरी पाठकको सुसूचित हुने अधिकारको ग्यारेण्टी गर्ने पत्रिकाले दाबी गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register