अदालतको आदेशपछि खुले गौशाला धर्मशालाका पसल

काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि गौशाला धर्मशालामा रहेका पसल र भोजनालय खुलेका छन् । उच्च अदालत पाटनले पसल र भोजनालय सञ्चालनमा रोक नलगाउनू भन्दै २५ पुसमा अन्तरिम आदेश दिएपछि पसल खुलेका हुन् । पशुपति विकास कोषले आफ्नो स्वामित्व रहेको गौशाला धर्मशाला १२ असोजमा काठमाडौं महानगरलाई चलाउन दिने सम्झौता गरेको थियो । उक्त सम्झौतापछि […]

Jan 10, 2025 - 14:30
 0
अदालतको आदेशपछि खुले गौशाला धर्मशालाका पसल

काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि गौशाला धर्मशालामा रहेका पसल र भोजनालय खुलेका छन् । उच्च अदालत पाटनले पसल र भोजनालय सञ्चालनमा रोक नलगाउनू भन्दै २५ पुसमा अन्तरिम आदेश दिएपछि पसल खुलेका हुन् ।

पशुपति विकास कोषले आफ्नो स्वामित्व रहेको गौशाला धर्मशाला १२ असोजमा काठमाडौं महानगरलाई चलाउन दिने सम्झौता गरेको थियो । उक्त सम्झौतापछि महानगरले गौशाला धर्मशालामा सञ्चालित पसल र भोजनालय बन्द गरेको थियो ।


तर, उच्च अदालत पाटनले १३ मंसिरमा पशुपति विकास कोष र काठमाडौं महानगरबिच गौशाला धर्मशाला सञ्चालनका लागि भएको सम्झौता कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । गौशाला धर्मशाला सञ्चालन गर्न नपाए पनि महानगरले धर्मशालामा खोलिएका पसल र भोजनालय भने चल्न दिएको थिएन ।

पसल र भोजनालय चल्न नदिएपछि व्यवसायीहरू अदालत गुहार्न पुगेका थिए । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र सूर्यप्रसाद पराजुलीको इजलासले २५ पुसमा कोष र महानगरबीच भएको सम्झौता कार्यान्वयन नगर्ने दिइएको अन्तरिम आदेश सम्झाउँदै, गौशाला धर्मशालामा रहेका पसल, भोजनालय बन्द नगर्न अन्तरिम आदेश दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register