च्याम्पियन्स ट्रफी : सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई २७४ रनको लक्ष्य

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुग्न अष्ट्रेलियाले २७४ रनको लक्ष्य पाएको छ । पाकिस्तानको गद्दाफी रङ्गशालामा जारी खेलमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले अन्तिम बलमा अलआउट हुँदै २७३ रन बनाएको छ । यस खेल जिते अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तानका लागि सिदीकुल्लाह अटलले ८५ रनको अर्धशतकीय पारी खेले । अजमातुल्लाह उमरजाईले ६७ रन […]

Feb 28, 2025 - 12:37
 0
च्याम्पियन्स ट्रफी : सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई २७४ रनको लक्ष्य

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुग्न अष्ट्रेलियाले २७४ रनको लक्ष्य पाएको छ ।

पाकिस्तानको गद्दाफी रङ्गशालामा जारी खेलमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले अन्तिम बलमा अलआउट हुँदै २७३ रन बनाएको छ ।

यस खेल जिते अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।

अफगानिस्तानका लागि सिदीकुल्लाह अटलले ८५ रनको अर्धशतकीय पारी खेले । अजमातुल्लाह उमरजाईले ६७ रन जोडे ।

अष्ट्रेलियाका लागि एडम जाम्पा र स्पेन्सर जोनसनले दुई/दुई विकेट लिए ।

अफगानिस्तान टोली हाल समूह ‘बी’ अङ्क तालिकामा २ अङ्कसहित तेस्रो स्थानमा छ भने अष्ट्रेलियाको टोली ३ अङ्कसहित सोही समूहमा दोस्रो स्थानमा छ । आजको खेल जित्नु दुवै टोलीका लागि धेरै महत्त्वपूर्ण छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register