सांसद बोहराको निधनमा बुधबार सिद्धार्थनगरमा शोक बिदा

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले बुधबार शोक बिदा दिने निर्णय गरेको छ। मङ्गलबार नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै  बुधबार सिद्वार्थ नगरमा शोक बिदा दिने निर्णय गरेको हो । बिदाका दिन नगरभित्र सबै सरकारी काम रोकेर शोक मनाउने निर्णय भएको नगरपालिकाले जनाएको  छ ।  नगरमा सञ्चालित वार्षिक परीक्षा […]

Apr 1, 2025 - 14:34
 0
सांसद बोहराको निधनमा बुधबार सिद्धार्थनगरमा शोक बिदा

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले बुधबार शोक बिदा दिने निर्णय गरेको छ।

मङ्गलबार नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै  बुधबार सिद्वार्थ नगरमा शोक बिदा दिने निर्णय गरेको हो ।

बिदाका दिन नगरभित्र सबै सरकारी काम रोकेर शोक मनाउने निर्णय भएको नगरपालिकाले जनाएको  छ ।  नगरमा सञ्चालित वार्षिक परीक्षा भने यथावत् रहने सूचनामा जनाइएको छ ।

रुपन्देही-३ बाट निर्वाचित सांसद बोहराको मङ्गलबार  बिहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register