रवीन्द्र मिश्रले दोहोर्‍याए ‘आमाको कसम’

काठमाडौं । गत चैत १५ गते तीनकुने भएको आन्दोलनका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आमाको कसम दोहोर्‍याएका छन् । काठमाडौं जिल्ला अदालतमा आज (मंगलबार) भएको थुनछेक बहसका क्रममा उनले डिमेन्सिया भएर थला परेकी ८२ वर्षीया आमाको कसम दोहोर्‍याएका हुन् । सो क्रममा मिश्रले तीनकुनेमा भएको हिंसा र तोडफोडमा आफ्नो संग्लग्नता नभएको […]

Jun 17, 2025 - 13:07
 0
रवीन्द्र मिश्रले दोहोर्‍याए ‘आमाको कसम’

काठमाडौं । गत चैत १५ गते तीनकुने भएको आन्दोलनका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आमाको कसम दोहोर्‍याएका छन् ।

काठमाडौं जिल्ला अदालतमा आज (मंगलबार) भएको थुनछेक बहसका क्रममा उनले डिमेन्सिया भएर थला परेकी ८२ वर्षीया आमाको कसम दोहोर्‍याएका हुन् ।
सो क्रममा मिश्रले तीनकुनेमा भएको हिंसा र तोडफोडमा आफ्नो संग्लग्नता नभएको प्रष्ट्याए ।

‘डिमेन्सिया भएकी मेरी आमा हुनुहुन्छ । उहाँलाई डाइपर फेर्नेदेखि अस्पताल लानेसम्म सबै काम मैले नै गर्नुपर्छ । ८२ वर्षकी आमा छोडर भाग्दिन श्रीमान्,’ बहसका क्रममा उनले भनेका छन्, ‘ईश्वर र जनताका नाममा कसम खानेले धेरै पटाइँ गरे । म मेरी आमाको नाममा कसम खाएर भन्छु । मैले तीनकुने आन्दोलनका क्रममा राज्यविरुद्ध उपद्रव गरेको छैन । उहाँहरूले लगाएको आरोपको भिडिओमा मैले ढुंगा हान पनि भनेको छैन । प्रहरीविरुद्ध पनि बोल्या छैन । आगो लगाओ र संसद् घेर्न जाऊँ पनि भनेको छैन । खाली मैले अगाडि आउनुहोस् मात्र भनेको छु । अगाडि आन्दोलनमा आउनुहोस् भन्दैमा यति ठूलो आरोप ममाथि लगाउन पाइन्छ ? त्योबाहेक मविरुद्ध अरु कुनै प्रमाण छैन । प्रमाण छैन भन्ने तथ्यहरूले नै पुष्टि गर्छ ।’

मिश्रले यसअघि म्याद थपको क्रममा जिल्ला अदालतमै आमाको कसम खाएका थिए । पछि जेठ २ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दाको क्रममा समेत मिश्रले इजलासमा आमाकै कसम खाएका थिए ।

मिश्रमाथि राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरको मुद्दा लागेको छ । यसैबीच उनीमाथिको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सकिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयानसँगै थुनछेक बहस सकिएको हो ।

बहस सकिएकाले आजै आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register