सुर्खेतको स्वागतले उत्साही प्रकाशमान, सभापतिमा उम्मेदवारीको सङ्केत
सुर्खेत। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उठ्ने सङ्केत गरेका छन् । सुर्खेत पुगेर उनले आइतबार पार्टी सभापतिमा उठ्ने घोषणा गरेका हुन् । पार्टीको महामन्त्री, उपसभापति र संसदीय दलको उपनेता भइसकेकाले अब सभापतिमा उम्मेदवारी दिने उनले बताए । ‘पार्टीको महामन्त्री, उपसभापति र संसदीय दलको उपनेता भइसकेको व्यक्ति अब सभापतिमै उठ्ने हो,’ उनले […]

सुर्खेत। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उठ्ने सङ्केत गरेका छन् ।
सुर्खेत पुगेर उनले आइतबार पार्टी सभापतिमा उठ्ने घोषणा गरेका हुन् । पार्टीको महामन्त्री, उपसभापति र संसदीय दलको उपनेता भइसकेकाले अब सभापतिमा उम्मेदवारी दिने उनले बताए । ‘पार्टीको महामन्त्री, उपसभापति र संसदीय दलको उपनेता भइसकेको व्यक्ति अब सभापतिमै उठ्ने हो,’ उनले पत्रकारहरूसँगको कुराकानीमा भने ।
अब सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी रहेको भन्दै सिंहले आफ्नो उम्मेदवारी स्वभाविक हुने बताए । २०७८ सालमा भएको काङ्ग्रेसको १४औँ महाधिवेशनको पहिलो चरणको मतदानमा उनले ३७८ मत पाएका थिए ।
निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि उनले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्दै सिंहले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए ।
साे अवसरमा नेता सिंहले पार्टीको महाधिवेशन समयमै हुने उल्लेख गरे । पार्टी विधिसम्मत चल्नुपर्ने भन्दै उनले महाधिवेशन पनि पार्टीको विधि अनुसार नै हुनुपर्ने बताए ।
What's Your Reaction?






