शिक्षक आन्दोलन: सरकारद्वारा वार्ता आह्वान, शनिबार बिहान छलफल हुने

काठमाडौं । सरकारले विद्यालय शिक्षा ऐन जारी लगायतका माग राखी आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई छलफलमा आउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार शिक्षकहरूसँग शनिबार बिहान ७:३० बजे वार्ता हुनेछ। मन्त्रालयले वार्ता र संवादका माध्यमबाट शिक्षकहरूको समस्या समाधान गर्न यसअघि शुक्रबार […]

Apr 25, 2025 - 16:37
 0
शिक्षक आन्दोलन: सरकारद्वारा वार्ता आह्वान, शनिबार बिहान छलफल हुने

काठमाडौं । सरकारले विद्यालय शिक्षा ऐन जारी लगायतका माग राखी आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई छलफलमा आउन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार शिक्षकहरूसँग शनिबार बिहान ७:३० बजे वार्ता हुनेछ। मन्त्रालयले वार्ता र संवादका माध्यमबाट शिक्षकहरूको समस्या समाधान गर्न यसअघि शुक्रबार नै नेपाल शिक्षक महासङ्घलाई पत्राचार गरेको थियो। तर, कारणवश शुक्रबार भेटघाट तथा छलफल हुन सकेन।

शिक्षक महासङ्घ   चैत २० गतेदेखि आफ्ना विभिन्न मागहरू राखी काठमाडौं केन्द्रित आन्दोलनमा छ । सरकारले वार्ताको आह्वान गरेसँगै आन्दोलनकारी शिक्षकहरू छलफलमा सहभागी हुने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register