जनताले लडेर गणतन्त्र ल्याए, अब पछाडि फर्कन सम्भव छैन – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासनका हुन नसकेकाले जनताको लामो सङ्घर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व भएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा […]

May 31, 2025 - 13:13
 0
जनताले लडेर गणतन्त्र ल्याए, अब पछाडि फर्कन सम्भव छैन – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासनका हुन नसकेकाले जनताको लामो सङ्घर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ सुदृढ बनाउनेतर्फ सबै पक्ष लाग्नुपर्ने बताए ।

“निरङ्कुश हुकुमी शासनकालमा यस्ता सङ्घसङ्गठन खुल्ने स्थिति थिएन । अहिले तपाईंहरु पेसागत र व्यावसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ”, ओलीले भने, “यही जेठ १५ गते हामीले गणतन्त्र उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । लोकतन्त्रमा विरोध गर्ने उनीहरुको अधिकार हो । राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । ”

प्रधानमन्त्री ओलीले करिब दुई सय ४० वर्ष राजतन्त्रात्मक शासन व्यवस्थामा देशको अवस्था र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र कालमा राष्ट्रमा भएका प्रगति र परिवर्तनका मनन गर्न आग्रह गरे । आफूविरुद्ध अशिष्टतापूर्वक अभिव्यक्ति दिनेहरुले विगतलाई बिर्सन नहुने उनको अभिमत थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register