मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, ३ जना घाइते

भक्तपुर। भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

Mar 2, 2025 - 17:06
 0
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, ३ जना घाइते

भक्तपुर।

भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

मोटरसाइकलले ठक्कर दिँदा भक्तपुर नगरपालिका–७ गोल्मढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ । जगातीबाट साँगातर्फ जाँदै गरेको बा४१प ३३४ नंको मोटरसाइकलले सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक ठक्कर दिँदा तुसिबाखको मृत्यु भएको हो। 

सोही मोटरसाइकलकै ठक्करबाट अन्य तीनजना घाइते भएका छन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register